सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं,असार २ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

