दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
रोल्पा, असार ४ – रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धनप्रसाद पुन रहेका छन्। उनीमाथि १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
घटनापछि प्राप्त उजुरीका आधारमा प्रहरीले पुनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

