चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौँ, असार ४ : परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमण सम्पन्न गरी गए राति स्वदेश फर्किएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा लिउ हाइसिङसँग भेट गरी नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए।
स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको बताए। उनका अनुसार भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी तथा अन्य साझा चासोका विषयमा गहन र सकारात्मक छलफल भएको थियो।
मन्त्री खनालले नेपाल र चीनबीचको परम्परागत मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउन भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरेका छन्।

