हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट
चितवन,असार ८-प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ ।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नुभएको हो । खोरसोरस्थित तालिम केन्द्रमा अहिले ९ वटा माउ र ७ वटा हात्तीका छावा रहेका छन् ।
यसैगरी, प्रधानमन्त्री शाह कालिका नगरपालिका, शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बस्नुभएको छ । त्यहाँ रहँदा उहाँले स्थानीयसँग समेत अनौपचारिक भेटघाट गरिरहनुभएको जनाइएको छ।

