सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ



काठमाडौं, असार ८— नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा उनलाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि सोमबार नै काठमाडौं ल्याइँदै गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे शंका उत्पन्न भएपछि अनुसन्धानको सिलसिलामा पौडेललाई नियन्त्रणमा लिइएको हो। एक प्रहरी अधिकारीले विभागको अनुरोधअनुसार पक्राउ गरिएको पुष्टि गरेका छन्।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनलाई पक्राउ गरिएको बताइएको छ। यसैबीच, सम्पत्ति शुद्धीकरण विभागले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत छानबिन तथा खानतलासी गरेको स्रोतले जनाएको छ।

घटनाबारे विभाग र सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्