विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्न कालिका मावि गेर्खुमा स्कुल ब्याग वितरण



विदुर,असार १६ । विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–११ गेर्खुस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ।

लायन्स क्लब अफ नुवाकोट बाराहीको आयोजनामा विद्यालयमा आयोजित कार्यक्रममा शिशु कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीमध्ये पहिलो चरणमा छनोट गरिएका ३५ जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको हो।

क्लबकी अध्यक्ष शान्तिदेवी प्रधानका अनुसार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने तथा उनीहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

ब्याग प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित भएका थिए।विद्यालयले पनि यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै अध्ययनप्रति रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्