विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा भेटियो



कैलाली, असार १७ — कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी ६ वर्षीया मनिषा विक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएपछि उनको शव खोलामा भेटिएको छ।

जनचेतना आधारभूत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषा मङ्गलबार बिहान करिब साढे ९ बजेदेखि बेपत्ता भएकी थिइन्।विद्यालयबाट एक्लै घर फर्कने क्रममा उनी रोरा खोलाले बगाएको आशङ्कामा प्रहरीले र स्थानीयवासीले दिनभर खोजी गरेका थिए।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–५ स्थित रोरा खोलामा करिब २४ घण्टापछि बुधबार पानीको सतह घटेपछि बालिकाको शव फेला परेको हो।

मनिषाका अभिभावक भारतमा रहेकाले उनी हजुरआमासँग बस्दै आएकी थिइन्। मङ्गलबार परेको वर्षापछि कैलालीका अधिकांश खोलानालामा बाढी आएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्