विपन्न बालबालिकालाई विद्यालयमा ल्याउन चुनौती कायमै
काठमाडौं, असार १८ – विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) लागू भए पनि विपन्न, दलित, जनजाति तथा अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य अझै पूरा हुन सकेको छैन।
शिक्षा मन्त्रालयका अनुसार खुद विद्यार्थी भर्नादर ९६.१ प्रतिशतबाट घटेर ९४.२ प्रतिशतमा पुगेको छ भने बालश्रम, बालविवाह र आर्थिक अभावका कारण अझै करिब ६ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्।
मध्यावधि मूल्याङ्कनले गरिब तथा पछाडि परेका समुदायका लागि छात्रवृत्ति, आवासीय विद्यालय, समुदायमा आधारित विद्यार्थी पहिचान कार्यक्रम र स्थानीय तहको शिक्षा योजना प्रभावकारी बनाउनुपर्ने लगायत १३ वटा सुझाव दिएको छ।

