एसईई पूरक परीक्षा : १७ हजारभन्दा बढी विद्यार्थी अनुपस्थित
भक्तपुर,असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन योग्य १ लाख ४६ हजार ५०७ विद्यार्थीमध्ये १७ हजार ३९३ जनाले परीक्षा नै नदिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षामा १ लाख २९ हजार ११४ जना सहभागी भएकामध्ये ८३ हजार ५२३ जना अर्थात् ६४.६८ प्रतिशत उत्तीर्ण भएका छन्।
नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन्। परीक्षा मर्यादा उल्लङ्घन गरेको आरोपमा केन्द्राध्यक्षको सिफारिसपछि ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

