सुनको मूल्य थप घट्यो, तोलामा १ हजार २०० रुपैयाँ सस्तो
काठमाडौं,असार ३० । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

