रास्वपा विकल्प खोज्ने होइन, आफैँ विकल्प बन्ने रवि लामिछानेको दाबी



काठमाडौँ,साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५ देखि २० वर्षका लागि बलियो जग निर्माण गर्ने काम गरिरहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकार गठन भएको चार महिनाको अवधिमा तत्काल देखिने काम नभएको जस्तो लागे पनि दीर्घकालीन रूपमा देश निर्माणका लागि बलियो आधार तयार पार्ने काम भइरहेको दाबी गर्नुभयो।

सभापति लामिछानेले संसद्मा युवाहरूको उल्लेख्य उपस्थिति हुनुका साथै ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।

रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैँ ‘विकल्प बन्ने’ र भविष्यमा ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित हुने उद्देश्यका साथ अघि बढिरहेको उहाँको भनाइ थियो।
युवा नेतृत्वले जिम्मेवारी सम्हालेर सफलता हासिल गर्न नसके भविष्यमा ‘अनुभवहीन युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य निर्माण हुन सक्ने भन्दै उहाँले युवाहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्