वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको उजुरीमा जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ



काठमाडौँ,साउन २७। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो।

वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्