रोल्पामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, नौ जना बेपत्ता
रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् ।
बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
अविरल वर्षाका कारण पहिरो गएको र घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको जनाइएको छ ।

