सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान



सुदुरपश्चिम,साउन २९ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न भनिएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेशसभा सदस्यले आज साउन २९ गते बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्