पहिरोमा परी दुई जना घाइते, एक जना बेपत्ता
बाजुरा,साउन २९ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।
बेलुकीदेखि लगातार परेको वर्षाका कारण आएको पहिरोले स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोमा परी सोही घरपरिवारका दुई जना सामान्य घाइते भएका छन्।
पहिरोमा एक जना बेपत्ता भएपछि खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

