नुवाकोट सूर्यगढीमा पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको मन्त्री तिमिल्सिनाद्वारा स्थलगत अवलोकन



नुवाकोट, साउन ३० — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ मा पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत अवलोकन गर्नुभएको छ।

मन्त्री तिमिल्सिनाले वडा नम्बर २ अन्तर्गत रातमाटे, राम्चे, देवीथान, फटपुरलगायतका क्षेत्रमा पुगेर पहिरोको अवस्था र बस्तीमा परेको जोखिमबारे जानकारी लिनुभएको हो।

अवलोकनका क्रममा उहाँले पहिरो प्रभावित स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिनुभएको थियो। स्थानीयवासीले पहिरोका कारण उत्पन्न जोखिम तथा तत्काल आवश्यक पहलका विषयमा मन्त्रीसमक्ष आफ्ना समस्या राखेका थिए।

मन्त्री तिमिल्सिनाले प्रभावित बस्तीको जोखिम, स्थानीयवासीको अवस्था तथा तत्काल आवश्यक पहलका विषयमा समेत स्थलगत जानकारी लिनुभएको छ।

सूर्यगढी–२ मा पछिल्लो समय गएको पहिरोका कारण बस्ती तथा स्थानीयवासी जोखिममा परेपछि मन्त्रीको स्थलगत अवलोकनलाई प्रभावित क्षेत्रको अवस्था बुझ्ने र आवश्यक पहल अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्