छहरे–टोखा सडक पहिरोका कारण अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह



नुवाकोट, साउन ३१ । अविरल वर्षाका कारण पहिरो गएपछि छहरे–टोखा सडकखण्ड अवरुद्ध भएको छ।

गएराति परेको वर्षाका कारण शिवपुरी गाउँपालिका वडा नम्बर ८ घट्टे खोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ।

सडक अवरुद्ध भएपछि प्रहरीले यात्रुलाई तत्कालका लागि वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

अवरुद्ध सडक खुलाउन जेसिभी त्यसतर्फ पठाइएको छ भने छहरेस्थित अस्थायी प्रहरी पोस्टबाट समेत प्रहरी टोली घटनास्थलमा खटाइएको जनाइएको छ।

प्रहरीका अनुसार पहिरोबाट भएको क्षतिको अनुगमन भइरहेको छ। यथासक्य छिटो सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्