पहिरोले अवरुद्ध छहरे–टोखा सडक एकतर्फी सञ्चालनमा



नुवाकोट, साउन ३१ । अविरल वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको छहरे–टोखा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।गएराति परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका–८ थापागाउँस्थित सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा सडक खुलाउने काम अघि बढाइएको थियो।

हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको छ।

यसअघि सडक अवरुद्ध भएपछि यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको थियो। सडक खुलाउन जेसिभी घटनास्थलमा पठाइएको थियो भने छहरे र गुर्जेस्थित अस्थायी प्रहरी पोस्टबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार सडकमा पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रुले सावधानी अपनाउनुपर्नेछ। सडकको अवस्था र क्षतिको अनुगमन गर्दै यातायात सहज बनाउन आवश्यक कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्