जाजरकोट पहिरोबाट ३०० भन्दा बढीको उद्धार, चार शव निकालियो



जाजरकोट, साउन ३१। नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।

पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहकार्यमा प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको समेत उद्धार गरेको छ। उद्धारका क्रममा पहिरोमा पुरिएका चार जनाको शवसमेत निकालिएको निर्देशनालयले जनाएको छ।

अविरल वर्षापछि गएको पहिरोले रिसाङ क्षेत्रमा घर तथा टहरामा क्षति पुगेपछि नेपाली सेनासहितका सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्