बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते



काभ्रे,भदौ १ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा खानीखोला–४ का कलकबहादुर माझी र खानीखोला–२ की अनिता मोक्तानको मृत्यु भएको खानीखोला–१ का वडाध्यक्ष सन्तमान थिङले जानकारी दिनुभयो।

दुर्घटनामा बनेपा साँगाका रावल तामाङ, खानीखोला–३ का प्रदीप जर्गामगर तथा खानीखोलाकै बौद्ध लामा र धनपति रावल घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्