बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामाको घोषणा



हेटौँडा, भदौ १। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको छ।

सरकार टिकाउन आवश्यक सांसदको समर्थन जुटाउन नसक्ने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले आज दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका काम तथा उपलब्धिबारे जानकारी गराउँदै राजीनामा घोषणा गर्नुभएको हो।

सम्बोधनका क्रममा उहाँले आफ्नो नेतृत्वमा प्रदेश सरकारले अघि बढाएका विकास निर्माण, जनमुखी कार्यक्रम तथा प्रदेशको समग्र विकासका लागि सञ्चालन गरिएका योजनाबारे प्रदेशसभालाई जानकारी गराउनुभयो।

त्यसपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिने घोषणा गर्नुभएको हो। मुख्यमन्त्री बानियाँले अब प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्