हेटौंडामा स्कुटरसहित पानीमा भेटिएको शवको पहिचान खुल्यो



हेटौंडा, भदौ २। हेटौंडा–५ स्थित क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ।

मृतक हेटौंडा–६ चौघडामा बस्दै आएका बनेपा–६ नाला निवासी आवास रञ्जितकार रहेको प्रहरीले जनाएको छ।

क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।

घटनाको कारण तथा अन्य थप विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्