टिपरको ढालाबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
मुस्ताङ,भदौ २ । मुस्ताङमा टिपरको ढालाबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा मंगलबार बिहान जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा रोल्पाको लुङ्ग्री गाउँपालिका–३ का २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए।
बिहान करिब ११ बजे भएको घटनापछि पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएको थियो।उपचारका क्रममा दिउँसो १२ः३२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

