रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी



काठमाडौं,भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठक अनौपचारिक रहेको उहाँले बताउनुभयो। बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसमेत सहभागी छन्।

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने तथा त्यसबारे छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्