नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल नियुक्त



काठमाडौं,भदौ ३ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ।

नवनियुक्त अध्यक्ष प्राडा पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।

प्राडा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।

यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्