जनआस्था सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश



काठमाडौं,भदौ ४ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। अदालतले २०८३ साल साउन २७ गते प्रकाशित समाचारका विषयमा परेको निवेदनको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई धरपकड, पक्राउ वा थुनामा राख्नेलगायतका कार्य नगर्न–नगराउन आदेश दिएको छ।

अदालतको आदेशमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा उजुरी परी कारबाहीको अवस्थामा रहेको र उक्त उजुरीको टुङ्गो नलागिसकेको अवस्थालाई समेत आधार बनाइएको छ। साथै नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई पनि आदेशमा उल्लेख गरिएको छ।

यसअघि भदौ १ गते सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्