नुवाकोटमा पहिरोमा परी ३० वर्षीय युवकको मृत्यु



नुवाकोट,भदौ २९ । नुवाकोटको ककनी गाउँपालिकामा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको उपचारका क्रममा मृत्यु भएको हो।

आफ्नै खेतमा पानी लगाएर घर फर्कने क्रममा बाटोमाथिबाट अचानक पहिरो खस्दा तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो।

पहिरोका कारण तामाङको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्