प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात



काठमाडौँ,भदौ २९ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८  करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ । 

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैङ्कमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात छ ।

यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्