मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक, रसुवा–भोटेकोशी बाढीपछिको अवस्थाबारे समीक्षा



काठमाडौँ,असोज १०। मनसुन प्रतिकार्य कमाण्ड पोष्ट, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयका लागि गठित परिचालन टोली र विषयगत मन्त्रालयका प्रमुखहरूको संयुक्त बैठक आज पनि बसेको छ।

बैठकमा देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण विभिन्न क्षेत्रमा परेको प्रभावको समीक्षा गरिएको छ। बैठकमा रसुवा बाढीपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न भइरहेको प्रयास र पछिल्लो प्रगतिबारे सडक विभागका उच्च अधिकारीहरूले जानकारी गराउनुभएको थियो।

यसैगरी, केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीबीच अनलाइन माध्यमबाट छलफल भएको छ।

छलफलमा रसुवा बाढी प्रभावित लाभग्राहीको पहिचान तथा लाभग्राही कायम गर्ने प्रक्रिया लगायतका विषयमा छलफल भएको जनाइएको छ। बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि भइरहेको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत समन्वय गरेको छ।

प्रतिक्रिया दिनुहोस्