पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ



काठमाडौं,असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।

स्रोतका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो। उनीविरुद्धको कसुरबारे भने प्रहरीले हालसम्म खुलाएको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न २१ वटा अभियोग लगाइएको थियो।

तत्कालीन प्रतिनिधिसभाले उनीविरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउन सकेन। महाअभियोग प्रस्ताव टुंगो नलागे पनि जबरा सर्वोच्च अदालतमा फर्किन पाएनन्।

प्रतिक्रिया दिनुहोस्