नारायणी नदीको देवघाटमा खतरा तह पार, उच्च सतर्कता अपनाउन आग्रह
चितवन,असोज ११ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह खतरा तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा बाढीको स्तर बढिरहेको छ।
महाशाखाले आज बिहान ५ः४० बजे सूचना जारी गर्दै नदीको बहाव बढिरहेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले नारायणी नदीको तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई नदीको बहावमा थप वृद्धि हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

