मकवानपुरको लाल बकैया खोलामा बाढी बढ्दो, खतरा तह नजिक



मकवानपुर,असोज ११ । मकवानपुरस्थित लाल बकैया खोलामा बाढीको सतह बढिरहेको र खतरा तह नजिक पुगेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ः२० बजे जुरेलिबजार क्षेत्रमा बाढी बढिरहेको जनाउँदै डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाले नदी तथा खोला किनार र डुबानको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा बाढीको अवस्था निरन्तर निगरानी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्