कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं,असोज ११ । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र वडा नम्बर १० को तिङग्राङखानीमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार लगातारको वर्षाका कारण कृष्णभिरमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ । पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएकाले सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन ।

प्रहरीका अनुसार राजमार्गका अन्य केही स्थानमा पनि साना पहिरो खसेका छन् । ती स्थानमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्