भीषण भेलले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता



पाल्पा,असोज ११ । पाल्पाको माथागढी गाउँपालिका–३ मा खोलामा आएको भीषण भेलले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्।

आज बिहान करिब ५ बजे अचानक आएको भेलले घर डुबाएपछि करिब ७० वर्षीय लिलबहादुर घर्ती मगर तथा उनकी छोरीहरू करिब १५/१६ वर्षीया झरना घर्ती मगर र दिना घर्ती मगर बेपत्ता भएका हुन्।

घटना लगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरेको छ। घटनास्थलमा खोजी तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्