नुवाकोटसहित ३४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम, सतर्क रहन आग्रह



नुवाकोट,असोज ११ । आज आइतबार देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास र डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।

त्यस्तै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लामा बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले नदी तथा खोलाको आसपास बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्