नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं,असोज ११ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको मूल्य आज ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ६६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

