राप्रपा नुवाकोट क्षेत्र नं. १ को अध्यक्षमा तेज लामा सर्वसम्मत



नुवाकोट,असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्षमा तेज लामा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत भएको अधिवेशनबाट लामा क्षेत्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार लामाको अध्यक्षतामा यमबहादुर थापासहित २७ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत चयन गरिएको छ। लामा यसअघि पनि क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा थिए।

त्यस्तै, प्रदेश तहको नेतृत्वसमेत सर्वसम्मत चयन गरिएको छ। प्रदेश अध्यक्षमा पूर्णबहादुर प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन। अधिवेशनको उद्घाटन राप्रपाका सहमहामन्त्री दीपक राईले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पाठकलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रदेश सदस्यमा समेत सर्वसम्मत निर्वाचित भएका पाठक राप्रपाको बागमती प्रदेश अध्यक्षका दाबेदारका रूपमा चर्चामा छन्। राप्रपाले संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने क्रममा क्षेत्रीय तथा प्रदेश तहमा सहमतिको आधारमा नेतृत्व चयन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्