पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु



धनुषा,असोज ११ । धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।

आइतबार बिहान करिब ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरो खस्दा पुरिएको हो। घरमा पाँच जना रहेकोमा घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले घरमा रहेका चार जनाको सकुशल उद्धार गरेको छ।राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई भने बिहान ११ बजे मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

मृतक श्रेष्ठको शव परीक्षणका लागि महोत्तरीको सरकारी अस्पताल बर्दिबास पठाइएको छ। घटनाबारे थप विवरण तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्