नुवाकोटमा ब्रेक फेल भएर बोलेरो दुर्घटना
नुवाकोट,असोज १२ । नुवाकोटको विदुर नगरपालिका–४ गंगटे जाने मोडमा बोलेरो दुर्घटना भएको छ।
सोमबार भिमसेन माध्यमिक विद्यालयमुनिको सडकमा बा १२ ख ३६५० नम्बरको बोलेरो ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
ब्रेक फेल भएपछि अनियन्त्रित भएको बोलेरो सडकछेउको टेलिफोनको पोलमा ठोक्किएर अडिएको थियो।
दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।

