विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुने



विराटनगर,असोज १३ । कोशी प्रदेश सरकारले आगामी असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को २०औँ बैठकले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको कामकाज गर्ने गरी खटाउने निर्णय भएको मन्त्री शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्