दुई दिनमै सुनको मूल्य ८ हजार ८ सय रुपैयाँले घट्यो



काठमाडौं,असोज १३ । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ हजार रुपैयाँले घटेको थियो।

यससँगै पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला कुल ८ हजार ८ सय रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो। सोमबार पनि चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको थियो।

प्रतिक्रिया दिनुहोस्