प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट
काठमाडौं,असोज १३। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ।
नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

