सुरक्षा थ्रेट बढेपछि पूर्वप्रधानन्यायाधीश राणालाई सुरक्षित स्थानमा लगिएको सरकारको भनाइ
काठमाडौँ,असोज १३ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ नगरेको स्पष्ट पार्नुभएको छ । सुरक्षा थ्रेट बढेपछि उद्धार गरी उहाँलाई सुरक्षित स्थानमा लगिएको मन्त्री पोखरेलले बताउनुभएको हो ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले अपरिचित समूहबाट सन्देशमार्फत धम्की आएपछि पूर्वप्रधानन्यायाधीश राणालाई सुरक्षित स्थानमा लगिएको जानकारी दिनुभयो ।
उहाँले पूर्वप्रधानन्यायाधीश राणामाथि ‘जेनजी’ समूहबाट सुरक्षा थ्रेट आएको भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा समेत सत्यता नरहेको स्पष्ट पार्नुभयो ।
धम्की दिने समूहका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले घटनालाई सुरक्षा चुनौतीका रूपमा लिएर राणाको उद्धार गरिएको बताउनुभयो ।

