अविरल वर्षापछिको विपद्मा ३५ जनाको मृत्यु
काठमाडौँ,असोज १३। अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार तथा धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको छ।
विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

