असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक : मौसम विभाग



काठमाडौं,असोज १३ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भन्दै फैलाइएको सूचना भ्रामक रहेको जनाएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुनेबारे आफूले कुनै पूर्वानुमान नगरेको स्पष्ट पारेको हो।

विभागका अनुसार हालको मौसमी गतिविधिमा त्यस्तो कुनै विशेष परिवर्तन देखिएको छैन। विभागले सर्वसाधारणलाई यस्ता भ्रामक सूचना तथा हल्लाको पछि नलाग्न र त्यस्ता सूचना नफैलाउन आग्रह गरेको छ।

विभागले मौसमसम्बन्धी अद्यावधिक तथा आधिकारिक जानकारीका लागि आफ्नो वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत सूचना लिन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्