नुवाकोट शिवपुरी काङ्ग्रेस सभापतिमा प्रल्हाद थापा सर्वसम्मत



नुवाकोट,असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिकाको पालिका अधिवेशनबाट युवा नेता प्रल्हाद थापा सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।

शिवपुरी गाउँपालिका–४ निवासी थापा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियोे । शिवपुरी गाउँपालिका–स्थित शेराबगरमा मंगलबार सम्पन्न अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ पालिका कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

अधिवेशनबाट शिवराम पाठक र तारा केसी उपसभापति, मदन सिटौला सचिव तथा सहदेव खड्का सहसचिवमा चयन हुनुभएको छ। कोषाध्यक्ष पद भने रिक्त राखिएको छ।

नवनिर्वाचित कार्यसमितिको सदस्यमा वडा नं. १ बाट रन्जु केसी र अधिकराज न्यौपाने, वडा नं. २ बाट सुन्तली श्रेष्ठ र रामकृष्ण थापा, वडा नं. ३ बाट सुमित्रा लामा र बमबहादुर रायमाझी, वडा नं. ४ बाट रामदेवी श्रेष्ठ र अर्जुन थापा, वडा नं. ५ बाट जुना आचार्य र रूपबहादुर लामा तथा वडा नं. ६ बाट ठुलीमाया तामाङ र केशवराज घिमिरे चयन हुनुभएको छ।

त्यस्तै वडा नं. ७ बाट ज्ञानी पाण्डे, शान्ति पाठक र महेन्द्रप्रसाद पाण्डे, वडा नं. ८ बाट सन्ध्या गुणी र रामबहादुर पाठक सदस्यमा चयन हुनुभएको छ। युवा महिला सदस्यमा वडा नं. २ बाट सबिना तामाङ तथा युवा खुला सदस्यमा वडा नं. ८ बाट रिद्दीबहादुर पाठक र वडा नं. ७ बाट रामकृष्ण थपलिया चयन हुनुभएको छ।

दलित महिला सदस्यमा वडा नं. ६ बाट लक्ष्मी विक तथा दलित खुला सदस्यमा वडा नं. ३ बाट अप्सरा कलुवार चयन हुनुभएको छ।नवनिर्वाचित सभापति थापाको नेतृत्वमा शिवपुरीमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्