सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो
काठमाडौं,असोज १४ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ३० रुपैयाँले बढेको छ।मंगलबार ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

