प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात



काठमाडौं, असोज १५ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हालसम्म मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वाणिज्य बैंकमा १२ अर्ब पाँच लाख ९९ हजार ७२९ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ७१ लाख छ हजार ८२२ अमेरिकी डलर रहेको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्