पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने आयल निगमको निर्णय



काठमाडौँ,असोज १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आए पनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाललाई मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजार तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने अवस्था भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य नबढाउने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्