नुवाकोटको तादी किनारामा अज्ञात पुरुषको शव फेला



नुवाकोट, असोज १५ । जिल्लाको पञ्चकन्या गाउँपालिका–४ सिमखोलास्थित तादी नदी किनारमा बिहीबार अज्ञात पुरुषको शव फेला परेको छ।

बिहीबार बिहान स्थानीयवासी माछा मार्न जाने क्रममा नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले करिब ४०–४५ वर्ष उमेरका पुरुषको शव फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्